योप्रश्नको जबाफ म छोटकरीमा दिन्छु । वहाँले शमथ र विपश्यनाको अभ्यास गर्नुभयो । वहाँले संयुक्त निकाय, धम्मचक्कपवत्तन सुत्त र नगर सुत्तमा स्पष्ट रूपमा भन्नुभए झैं विपश्यनाको ध्यान पद्धतिलाई पुनः पत्ता लगाउनुभयो । शमथ ध्यानका विभिन्न शैली\पद्धतिहरू वहाँको जन्म हुनुभन्दा धेरै पहिले नै बृहत्तर दक्षिण एसियामा प्रचलनमा थिए । त्यसपछि वहाँले शमथ र विपश्यनाको युगनद्ध भावना मार्फत प्रतीत्यसमुत्पाद\शून्यता र चार आर्य सत्यको प्रत्यक्ष बोध(दर्शन)द्वारा बोधगयामा बोधिबृक्ष मुनि अनुत्तर सम्यकसंबोधि लाभ गर्नुभयो ।
संयुत्त निकाय, धम्मचक्कपवत्तन वाग्ग ५६.११ मा एउटा दोहोरि राख्ने वाक्य छ, जसमा भनिएको छ:
“तं खो पनिदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं भावितन्ऽति मे । भिक्खवे । पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि । ञाणं उदपादि । पञ्ञा उदपादि । विज्जा उदपादि । आलोको उदपादि ॥
” पहिले कहिल्यै नसुनेका कुराहरूका सम्बन्धमा म भित्र (मेरो चित्तसन्तानमा) ज्ञान उत्पाद (उत्पन्न) भयो, प्रज्ञा उत्पाद भयो, विद्या उत्पाद भयो, आलोक (प्रकाश) उत्पाद भयो”
यो वाक्य उक्त सुत्तमा धेरै पटक दोहोरिन्छ ।
नागर सुत्त, निदानसंयुत्त, महावग्ग, संयुत्त निकायमा भगवान् भन्नुहुन्छ:
“एवमेव ख्वाहं । भिक्खवे । अद्दसं पुराणं मग्गं पुराणञ्जसं पुब्बकेहि सम्मासम्बुद्धेहि अनुयातं ॥ कतमो च सो । भिक्खवे । पुराणमग्गो पुराणञ्जसो पुब्बकेहि सम्मासम्बुद्धेहि अनुयातो? अयमेव अरियो अट्ठङ्गिको मग्गो…”
“त्यसै गरी, विगतका सम्यक्संबुद्धहरूले यात्रा गर्नुभएको एउटा पुरानो बाटो, पुरानो मार्ग मैले देखेँ\भेटेँ । विगतका सम्यक्संबुद्धहरूले यात्रा गर्नुभएको त्यो पुरानो बाटो, पुरानो मार्ग के हो त ? त्यो मार्ग, यही एक आर्य अष्टाङ्गिक मार्ग मात्र हो…”
साथै, अन्यत्र सुत्तहरूमा पनि शमथ र विपश्यनाको विविध संयोजन नै अर्हत बन्ने मार्ग हो भनी स्पष्ट रूपमा भनिएको छ । उदाहरणका लागि, अङ्गुत्तर निकाय, चौथो निपात, प्रतिपदा वग्ग, युगनद्ध सुत्तमा अर्हत्व प्राप्तिका लागि चार मार्गहरू उल्लेख गरिएको छ, जुन निम्न प्रकार छन् :
(१) पहिले शमथ त्यसपछि विपश्यनाको अभ्यास गरिन्छ (समथपुब्बङ्गमं विपस्सनं भावेति)
(२) पहिले विपश्यना (विदर्शना) त्यसपछि शमथको अभ्यास गरिन्छ (विपस्सनापुब्बङ्गमं समथं भावेति)
(३) शमथ र विपश्यना दुवै मिलाएर (संयोजन\युगनद्ध गरेर) अभ्यास गरिन्छ (समथविपस्सनं युगनद्धं भावेति)
(४) शमथ र विपश्यनाको संयोजनबाट उत्पन्न भएको मनस्थिति (मानस) मा रहन्छ, (धम्मुद्धच्चविग्गहितं मानसं होति), जुन प्रायः महायान प्रणालीमा पाइन्छ।
बोधि प्राप्तिको लागि यी माथि दिइएका चार पद्धतिहरू मध्ये सबै वा कुनै एकको मात्र अभ्यास गर्न सकिन्छ ।